५ मंसिर, दमक ।
झापा निर्वाचन क्षेत्र १ मा गठबन्धन उम्मेद्वार विश्वप्रकाश शर्माको प्रारम्भिकअग्रता देखिएको छ ।
३६२९ मत गन्दा कांग्रेस महामन्त्रीसमेत रहेका शर्मा १७ सय ७६ मत सहित अघिदेखिएका हुन् ।
उनका प्रतिस्पर्धी एमाले उम्मेद्वार अग्नि खरेलले ११ सय ४७ मत प्राप्त गरेका छन्।
शर्मा र खरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने प्रारम्भिक नतिजामा शर्मा६ सय बढी मतले अघि देखिन्छन् ।
त्यस्तै प्रारम्भिक मत गणनामा राष्टृय स्वतन्त्र पार्टीका ओम राज भण्डारीले ३ सय५४ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।