५ मांसिर, दमक ।
झापा निर्वाचन क्षेत्र २ मा एमालेका उम्मेद्वार देवराज अधिकारीले अग्रता लिएकाछन् ।
जारी मतगणना अनुसार १५ हजार ६ सय ४३ मत गनिसक्दा घिमिरेले ५ हजार ३सय ७१ मत पाएका छन् । उनी हालसम्म प्राप्त मत परिणामका आधारमा ७ सय बढी मतान्तरले अगाडि देखिएका हुन् ।
उनीसँगै ४ हजार ६ सय ३४ मत प्राप्त गरेर खुकुरी क्रस चुनाव चिन्ह पाएका स्वतन्त्रउम्मेद्वार भद्रप्रसाद नेपाल (स्वागत) दोस्रो स्थानमा छन् ।
सत्ता गठबन्धन उम्मेद्वार नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार हरि रानाले २ हजार६ सय ५४ मत पाएका छन् ।
राष्टृय स्वतन्त्र पार्टीका उम्मेद्वार कृष्णप्रसाद गौतमले १ हजार ४ सय ३० मत प्राप्तगरेका छन् ।


