adv

मनाङबाट कांग्रेसका टेकबहादुर विजयी

६ मंसिर, दमक ।

नेपाली कांग्रेसका टेकबहादुर गुरुङले मनाङबाट प्रतिनिधि सभातर्फ चुनाव जितेका छन् ।

सत्ता गठबन्धन उम्मेद्वार रहेका गुरुङले २ हजार ५ सय ७५ मत पाएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार पोल्देन छोपाङ गुरुङले २ हजार २ सय ४७ मत पाएका छन् ।

दुई उम्मेद्वारबीचको मतान्तर ३ सय २८ रहेको छ ।

प्रतिनिधि सभातर्फ गुरुङ २०७९ को निर्वाचनमा चुनाव जित्ने तेस्रो भाग्यमानी सांसद बनेका छन् ।

उनको जितसँगै कांग्रेसले २ सिट जितेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु