६ मंसिर, दमक ।
काठमाडौं १ मा सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका प्रकाशमान सिंहले बाजी मारेका छन् ।
कांग्रेस नेता सिंहले ७ हजार १ सय ४० मत पाएर निर्वाचित भएका हुन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पछि पारेका हुन् ।
मिश्रले ७ हजार ११ मत पाएका हुन् ।
२०७४ को निर्वाचनमा पनि मिश्र सिंहसँगै ८ सय १२ मतले पराजित भएका थिए ।