६ मंसिर, दमक ।
झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाएर ७ हजार मतान्तर कायम गरेका छन् ।
पछिल्लो ३५ हजार १ सय ८० मत गनिसक्दा प्राप्त परिणाम अनुसार ओलीले १७ हजार ४ सय ६८ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी १० हजार ३ सय ७ मत पाएका छन् ।
ओली र अधिकारीबीच ७ हजार १ सय ६१ मतको अन्तर रहेको छ ।
राष्टृय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ३ हजार ३ सय ५१ मत पाएका छन् ।
जनमत पार्टीका भीम राजवंशीले १ हजार २ सय मत पाएका छन् भने जसपकी ओम माया आङ्देम्बे छिन् । उनले १ सय ४९ मत पाएकीहुन् ।
प्रदेश सभातर्फ झापा ५ (१) मा कार्कीएमालेका हिक्मत कार्की ९ सय ८१ मतसहित प्रारम्भिक अगुवाइमा छन् ।
त्यस्तै गठबन्धन उम्मेद्वार जीवन राई ६ सय ३२ मत पाएर पछि छन् ।
प्रदेश सभा ५ (२) मा एमाले उम्मेद्वार होमबहादुर थापा १ हजार २ सय ३४ मतले प्रारम्भिक अगुवाइ लिएका छन् । गठबन्धन उम्मेद्वाररेवतराज पुरीले ७ सय ४८ मत पाएका छन् ।


