adv

झापा क्षेत्र न : १ विश्वप्रकाश ८ हजार ३ सय बढीले अगाडी

६ मंसिर,मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा अन्तर्गत पछिल्लो अपडेटमा नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एमालेका अग्नी खरेलबीचको मत अन्तर ८ हजार नाघेको छ ।
अहिले सात बजेसम्मको नतिजाअनुसार शर्माको ८ हजार ३ सय ३३ बढी मत रहेको छ ।

हालसम्म ४३ हजार ८ सय ४२ मत गणना हुँदा शर्माले २१ हजार ७ सय २८ तथा खरेलले १३ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै ओमनाथ भण्डारीले ४ हजार ४ सय १२ मत प्राप्त गरेका छन् । मत गणना जारी छ । अब गणना हुन बाँकी मत ३७ हजार ४ सय ८९ रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु