६ मंसिर, दमक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता थप बढाएका छन् ।
पछिल्लो ४२ हजार ८ सय ६३ मत गनिसक्दा प्राप्त परिणाम अनुसार ओली प्रतिस्पर्धी गठबन्धन उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारीभन्दा ९ हजार १ सय १ मतले अगाडि छन् ।
उनले २१ हजार १ सय ६७ मत प्राप्त प्राप्त गरेका छन् ।
अधिकारीले अहिलेसम्म प्राप्त गरेको मत १२ हजार सय ६६ रहेको छ ।
राष्टृय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ४ हजार ४ सय ९७ मत पाएका छन् ।
जनमत पार्टीका भीम राजवंशीले १ हजार २ सय ४९ मत पाएका छन् भने जसपकी ओम माया आङ्देम्बे ले २ सय ४५ मत पाएकी छिन् ।संघीय लोकतान्तृक राष्टृय मन्चका कबिन्द्र शेर्माले ३ सय ४१ मत पाएका छन् ।
२ हजार ४ सय ८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
४ हजार ३ सय २७ मत गणना गर्दा प्रदेश सभातर्फ झापा ५ (१) मा एमालेका हिक्मत कार्की १ हजार ९ सय ४५ मतसहित अगुवाइमाछन् ।
त्यस्तै गठबन्धन उम्मेद्वार जीवन राई १ हजार ४ सय ८४ मत पाएर उनी भन्दा पछि छन् ।
४ हजार ९ सय ४३ मत गणना गर्दा प्रदेश सभा ५ (२) मा एमाले उम्मेद्वार होमबहादुर थापा २ हजार ३ सय ३६ मत पाएर अगाडि छन् ।गठबन्धन उम्मेद्वार रेवतराज पुरीले १ हजार ५ सय ६४ मत पाएका छन् ।


