७ मंसिर, दमक ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट चुनाव जितेका छन् ।
७७ वर्षीय देउवाले स्वतन्त्रतर्फका युवा ३१ वर्षीय सागर ढकाललाई भारी मतान्तरले पराजित गरेका हुन् ।
देउवाले २५ हजार ५ सय ३४ मत प्राप्त गर्दा ढकालले १३ हजार ४२ मत पाएका हुन् ।
करिब दोब्बर मतान्तरले पराजित बनेका ढकालले गुल्मीबाट आएर आफूले देउवालाई दिएको चुनौती युवा पुस्ताका लागि मार्गदर्शन हुने जिकिर गरेका छन् ।
देउवाले सत्ता र पैसाको चलखेल गरेको आरोप लगाएका उनले परिणाम स्वीकार गर्दै ५ वर्षपछि पनि पुनः देउवासँगै प्रतिस्पर्धा गर्ने सञ्चार माध्यमहरुमा बताएका छन् ।
चौंथो पटक प्रधानमन्त्री भएका बेला बिबिसी नेपाली सेवाले सञ्चालन गरेको साझा सवाल कार्यक्रममा ढकालले देउवालाई राम्रो विश्वविद्यालयबाट शिक्षा नलिएका प्रधानमन्त्रीहरुले देश विकास गर्न नसकेको भन्दै प्रश्न गरेका थिए ।
देउवाले उनलाई ‘तपाई बढी बोल्दै हुनुहुन्छ’ भनेर कार्यक्रममै झपारेका थिए ।
नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्ले ७ हजार ५ सय ३५ मत पाए ।