adv

ओलीले चुनाव जिते, गणना गर्न बाँकी मत भन्दा बढी मतान्तर

७ मंसिर, दमक ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन जितेका छन् ।

सत्ता गठबन्धनका डा. खगेन्द्र अधिकारीमाथि भारी मतान्तरले ओलीले चुनाव जितेका हुन् । यद्यपि मत गणना कार्य बाँकी रहेकाले जितको आधिकारिक घोषणा भने भएको छैन ।

१ लाख २ हजार १ सय ५० मत खसेको झापा क्षेत्र नम्बर ५ मा ८५ हजार ६ सय ५९ मत गणना गर्दा ओली २३ हजार ६ सय १५ मतले अगाडि छन् भने अब गणना गर्न बाँकी मत १६ हजार ४ सय ९१ रहेको छ ।

सातौं पटकको चुनावी दौडमा रहेका ओलीले २०६४ सालमा बाहेक लगातार ६ पटक चुनाव जित निकाल्दै छन् । २०७४ मा पनि ओलीले अधिकारलाई नै २८ हजार ८ सय ४२ मत बढी पाएर पराजित गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु