adv

इलाम २ मा मतगणना स्थगित

१० मंसिर,झापा  । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको इलाम २ को मतगणना रोकिएको छ ।
अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको छ । यहाँ दुईजना कडा प्रतिस्पर्धा छ ।

इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अघि छन् ।
अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु