adv

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने

११ मंसिर, दमक ।

दोलखा जिल्लाका विभिन्न १० वटा मतदान केन्द्रहरुमा निर्वाचन आयोगले पुनः निर्वाचन गराउने भएको छ ।

आयोगको आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्रमा जिल्लाका विभिन्न १० वटा मतदान केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले पुनः मतदान गराउन दोलखा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन समेत दिइसकेको छ ।

ती मतदान केन्द्रहरुमा यसअघि भएको मतदानलाई रद्द गर्दै पुनः मतदान गराउन लागिएको आयोगले जनाएको छ ।

यसरी पुनः मतदान हुन लागेका मतदान केन्द्रहरुमा वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु