adv

छथर तेह्रथुम आत्मानन्द कपको सेमिफाइनल प्रवेश

सरिता राई, माङसेबुङ, १३ मंसिर।

छथर गाउँपालिका तेह्रथुम इलामको माङसेबुङमा जारी आत्मानन्द कप १५ औं संस्करणको सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा  माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ६–२ को फराकिलो गोल अन्तरलेपराजित गर्दै छथर अन्तिम चारमा पुगेको हो ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा जारी प्रतियोगिताको सेमिफाइनलमा यस अघि नै हाटखोला फुटबलक्लव सुनसरी, जलथल झापा र तिजोग पाँचथरले अन्तिम चारको यात्रा तय  गरिसकेका छन् ।

मंगलबारबाट सेमिफाइनलका खेल सुरु हुनेछ ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङका गरी विभिन्न ८ टीमको सहभागीतारहेको छ ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्तगर्नेछन् ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजनाहुनेछ ।

आत्मानन्द कप बिगत २ वर्षयता इलाम जिल्लाकै सबैभन्दा ठूलो नगद राशीको फुटबल प्रतियोगिताका रूपमा रहेको छ ।

इलाम सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप दुई वर्ष यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो राशीकोप्रतियोगिताका रूपमा रहेको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा सञ्चालन हुँदै आएकोप्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुने सचिव सरिता राईले जानकारी दिएकी छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु