मंसिर १३, माङसेबुङ ।
इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ मा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको पाचौं बार्षिक उत्सव मनाइने भएको छ ।
आज मंसिर १३ गते माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ वडा कर्यालयको आयोजनामा किरात धर्म गुरु अत्मनन्द लिङ्देनको निजीआश्रममा विविध कार्यक्रम हुने वडा सचिव सुनिल शेर्माले जनकारी दिए । शेर्मा कार्यलयका दोभाषे कर्मचारीर समेत हुन् ।
गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा किरात धर्मगुरू लिङ्देनसहित गुरुआमा पबित्रहाङ्मा साँवाको उपस्थिति रहने बताइएको छ ।
लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेको दिन मंसिर १३ लाई यस वडामा ऐतिहासिक दिनका रूपमा प्रत्येक वर्षउत्सवका रूपमा मनाउने गरिन्छ ।
पाँचौ वार्षिक उत्सव कार्यक्रम समापन पछि आजै माङ्सेबुङ ५ नम्बर वडाको १५ वटै टोलहरुमा साँझ दिपावली गरिने छ ।