adv

किरात धर्मगुरू लिङ्देनको जन्म दिनमा माङसेबुङ बिदा

सरिता राई, १३ मंसिर ।

किरात धर्मगुरू आत्मानन्द लिङ्देनको ६९ औँ  जन्मोत्सवमा माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा घोषणा गरेको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले सूचना जारी गरेर  गुरूको जन्म दिनमा मंसिर १८ गतेलाई पालिकास्तरमा बिदा दिइएको जानकारीदिएका हुन् ।

माङसेबुङ ५ को लारुम्बामा गुरू लिङ्देन स–परिवारसहित आश्रम बनाएर बसोबास गर्दछन् । यस क्षेत्रलाई पवित्र र साकाहारी क्षेत्रकारूपमा घोषणा समेत गरिएको छ ।

साकाहारी क्षेत्रभित्र मदमदिरा, मासुमंस सेवन र जुवातास खेल्न प्रतिबन्ध छ । त्यस्तै मासुजन्य प्रयोजनका लागि पालिने कुखुरा, बाख्रा, सुँगुर आदि पाल्न पनि प्रतिवन्ध छ ।

किरात धर्मगुरू लिङ्देनकै कारण पनि माङसेबुङ किरात धर्मावलम्बीहरुको पवित्र र धार्मिक क्षेत्र एवम् महत्त्वपूर्ण तीर्थाटनका रूपमाविकास भएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु