सरिता राई, मंसिर १४, माङसेबुङ ।
तिजोक युवा क्लब पाँचथर इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हाटखोला फुटबलक्लव सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै तिजोग पाँचथरले फाइनलमा स्थान पक्का गरेको हो ।
तिजोक पाँचथरको जितमा रोशन आङ्देम्बेले एक मात्र निर्णायक गोल गरे ।
किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औं जन्मोत्सव तथा गुरूआमा पवित्रहाङमा साँवा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमाआयोजित आत्मानन्द कपअन्तरगत आज बुधबार जलथल फुटबल क्लव, झापा र छथर गाउँपालिका, तेह्रथुम बीच दोस्रोसेमिफाईनल खेल हुने आयोजकले जानकरी दिएका छन् ।
आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईका अनुसार प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङ गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको छ ।
विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्तगर्नेछन् ।
फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजनाहुनेछ ।
आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा संचालन हुँदै आएकोप्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।


