adv

आत्मानन्द कप : उपाधिका लागि तिजोक पाँचथर र छथर तेह्रथुम भिड्ने पक्का

सरिता राई, मंसिर १४, माङसेबुङ

जलथल झापालाई ३-० गोल अन्तरले पाखा लगाउँदै छथर तेह्रथुम इलामको माङसेबुङमा जारी आत्मानन्द कप फुटबलप्रतियोगिताको फाइनल पुगेको

प्रतियोगिताको अन्तिम सेमिफाइनलमा जलथल झापालाई रोक्दै छथरले तिजोक पाँचथरसँगको आफ्नो अन्तिम भेट तय गरेको हो

खेलको पहिलो मिनेटमा नै छथरका लागि प्रवेश बस्नेतले गोल गर्दै टीमको लागि अग्रता दिलाएका थिए त्यस्तै मिलन लिम्बूलेछथरको अग्रता बढाउँदै २२ औं मिनेटमा गोल अन्तर दोब्बर पारे भने दोस्रो हाफको २३ औं मिनेटमा उनै लिम्बूले गोल अग्रता थप्दै ० को स्पष्ट अग्रतासहित टीमको जित सुनिश्चित गराएका थिए

खेलको मेन अफ दी म्याच पहिलो गोलकर्ता प्रवेश बस्नेत भए

प्रतियोगिताअन्तरगत हिँजो मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा हाटखोला सुनसरीलाई ले पाखा लगाउँदै तिजोक युवा क्लब पाँचथर फाइनलमा प्रवेश गरिसकेको

इलामको माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा जारी आत्मानन्द कपको फाइनल खेल मंसिर १७ गते शनिबार हुनेआयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले जानकारी दिएकी छन्

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औं जन्मोत्सव तथा गुरूआमा पवित्रहाङमा साँवा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमाआयोजित आत्मानन्द कप फुटबल प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम भारतको दार्जिलिङगरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको थियो

प्रतियोगिताका विजेताले ट्रफीसहित नगद लाख ११ हजार सय ६९ उपविजेताले ट्रफीसहित लाख हजार सय ६९ रपैयाँपुरस्कार प्राप्त गर्नेछन्

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजनाहुनेछ

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता स्ञ्चालनहुँदैआएको

इलाम सदरमुकाममा सञ्चालन हुँदैआएको सर्वाधिक धनराशीको माईभ्याली कप फुटबल प्रतियोगिता बिगत केही वर्षयता नहुँदा वर्षयता आत्मानन्द कप फुटबल प्रतियोगिता जिल्लाकै सर्वाधिक नगद राशीको प्रतियोगितासमेत बनेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु