१६ मंसिर, दमक ।
कतार विश्वकप फुटबल २०२२ को अन्तिम १६ मा एसियाका दुई टीम दक्षिण कोरिया र जापानले स्थान पक्का गरेका छन् ।
शुक्रबार नेपाली समय अनुसार राति ९:४५ बजे सुरु भएको पोर्चुगलविरुद्धको खेलमा कोरियाले सनसनीपूर्ण २–१ गोलको जीतनिकलेको हो ।
कोरियालाई विश्वकपको अन्तिम १६ मा पुर्याउन ह्वाङ हि चानले इन्जुरी टाइममा गोल गरेका थिए । उनले गरेको गोललेपोर्चुगलसँगको १–१ गोलको बराबरीबाट दोब्बर पार्दै अघिल्लो चरणको यात्रा निश्चित गरेको हो ।
कोरिया समूह एफमा ४ अंक सहित समूह उपविजेता भएसँगै अन्तिम १६ मा प्रवेश गरेको छ ।
शुक्रबार सोही समयमा समूहको अर्को खेलमा उरुग्वेले घानालाई २–० ले पराजित गर्दै कोरिया समान ४ अंक जोड्न सफल भएकोथियो । तर समूह चरणमा धेरै गोल गरेका आधारमा कोरिया अन्तिम १६ का लाइ भाग्यमानी बन्यो ।
पोर्चुगल खेल हारेर पनि ६ अंक जोड्दै समूह विजेता बन्यो । यसअघि नै दुई खेल जितेको उसले अन्तिम १६ मा स्थान पक्कागरिसकेको थियो ।
रिकार्डो होर्थाले खेल सुरु भएको ५ मिनेटमै गोल गरेर कोरियाका लागि दवाव सिर्जना गरेका थिए ।
२७औं मिनेटमा कोरियाका लागि किम योङ ग्वनले बराबरी गोल फर्काए भने अन्तिम थपिएको समय कोरियाका लागि फाप सिद्धिबन्यो ।
बिहीबार स्पेनविरुद्ध २–१ गोल अन्तरले जित निकाल्दै जापान पनि अन्तिम १६ मा स्थान बनाउन सफल भैसकेको छ ।