२१ मंसिर,काठमाडौं । नेपालकी लोकपृय गायिका मेलिना राईले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरूसँग रमाइलो गरेर मनाएकी छिन् ।
राजधानीको गोकर्णस्थिति संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका अनाथ बालबालिकाबीच बुधवार गायिका राईले आफ्नो जन्मदिन मनाएकी हुन् ।
उनले केन्द्रमा रहेका ५७ जना बालबालिकाका लागि १ लाख लाख १० हजार आर्थिक सहयोग प्रदान गर्दै खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् । साथै उनले बालबालिकाहरुसँगै केक काटेर गीत गाउँदै खुसियाली साटासाट गरेकी थिइन्।
संस्थाका अध्यक्ष तिलबहादुर कार्कीले संस्थामा जम्मा ५७ जना बालबालिका रहेका र आफूहरुले विभिन्न दाताहरूको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा प्रदान गरिरहेको जानकारी दिए । साथै उनले गायिका मेलिनालाई आर्थिक सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए ।
गायिका मेलिनाले जन्मदिनको अवसरमा बालबालिकासँग जन्मदिन मनाउँन पाउँदा आफूलाई एकदमै खुसी लागेको वताइन् । ‘नानीहरूको शिक्षा र उज्ववल भविष्यको लागि यो मेरो सानो सहयोग हो । एकैछिन भएपनि उनीहरूसँग खुसी बाँढ्न पाँउदा एकदमै भायमानी ठान्दछु’, उनले भनिन् ।
“यो मेरो अहिलेसम्मकै उत्कृष्ट जन्मदिन हो ।” उनी थप्छिन् ।
उक्त अवसरमा गायिका जुनु राई र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका अध्यक्ष भूमिका लिम्बू फियाकको समेत सहभागिता रहेको थियो ।
गायिका मेलिना राई हालसम्म २ हजार २ सय बढी गीतमा स्वर भरिसकेकी छिन् । उनका कम्मर माथि पटुकी, शिरैमा शिरबन्दी, गोजीमा दाम छैन, कुटुमा कुटु, तिमीले बाटो फेरेउ अरे, चरी जस्तै उड्न पाए, तातो गोली आदि सर्वाधिक रुचाइएका गीतहरु हुन् ।