२१ मंसिर, दमक ।
निजी तथा आवासीय विध्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) दमकले भोलि बिहीबार र शुक्रबार दमकमा सांस्कृतिक प्रतियोगिता गर्ने भएको छ ।
प्याब्सन दमकका सचिव नवीन योगीका अनुसार दमकको सनराइज मोडल स्कूलमा दुई दिवसीय सांस्कृतिक प्रतियोगिता हुन लागेको हो ।
‘कार्यक्रमको लागि आवश्यक तयारी पूरा भएको छ’, सचिव योगीले भने ।
प्रतेक वर्ष हुने प्रतियोगितामा पहिलो दिन आधुनिक र राष्ट्रिय त्यसै गरी दोस्रो दिन सांस्कृतिक र गायन प्रतियोगीत हुने छ ।
कार्यक्रममा दमक प्याब्सनसग आवद्ध ४३ वटा विध्यालय सहभागी हुने र कार्यक्रम दमक नगरपालिकाका प्रमुख राम थापाले उद्घाटन गर्ने दमक प्याब्सनका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए ।