२५ मंसिर, दमक ।
प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले कुनैबेला आफू पनि शिक्षक पेशामा रहेको कुरा स्मरण गरेका छन् ।
शनिबार मोरङको उर्लाबारी–२, मंगलबारेस्थित सुनपकुवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ६६ औं वार्षिकोत्सवलाई उद्घाटन गर्नेक्रममा पदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।
शिक्षा क्षेत्र र विध्यालयको विकासमा शिक्षासेवीहरुको योगदान कति महत्त्वपूर्ण हुन्छ भन्ने आफूलाई जानकारी रहेको भन्दै खापुङलेसमुदायिक विध्यालयको शैक्षिक उन्नयनमा जोड दिए ।
सम्भ्रान्त परिवारका छात्र छात्रा र गरिव परिवारका छात्रछात्राले समान शि क्षा प्राप्त गर्नुपर्ने भन्दै खापुङले भने -‘सबैले एकैखालकोशिक्षा पाउनु पर्छ । यो संवैधानिक हक हो ।‘
कार्यक्रममा नवनिर्वाचित प्रदेश सांसद उमाकान्त गौतम, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडापौड्यालले बोलेका थिए ।
खापुङले सोही अवसरमा विद्यालयको शैक्षिक कार्यक्रममा सहयोगी र अक्षयकोषदाता हरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरे ।
उनले विद्यालयले स्वर्ण महोत्सवका अवसरमा प्रकाशित गरेको स्मारिकासमेत विमोचन गरेका थिए ।


