adv

महिला महासंघको आठौं महाधिवेशन भोलि उद्घाटन हुने

२७ मंसिर, दमक ।

राष्टृय आदिवासी जनजाति महिला महासंघको आठौं महाधिवेशन भोलि बुधबार सुरु हुने भएको छ ।

भोलि बुधबार दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशन मा ४८ जातिका महिला संस्थाका प्रतिनिधि सहभागी हुने अध्यक्ष चिनीमायामाझीले जानकारी दिएकी हुन् ।

काठमाण्डौस्थित राष्टृय नाचघरमा हुने महाधिवेशनको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेगीले गर्ने  आयोजकले जानकारी दिएको हो ।

महासंघले २०५७ सालदेखि आदिवासी जनजाति महिलाहरुको हक अधिकारका लागि कार्य गर्दै आएको छ । यो नेपाल आदिवासीजनजाति महासंघ (नेफिन) को  सम्बन्धन प्राप्त संस्था हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु