२९ मंसिर, दमक ।
निर्वाचन आयोगले आज बिहीबार प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरणसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवीभण्डारीसमक्ष पेस गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभामा निर्वाचित सदस्यहरुकोविवरण सहितको प्रतिवेद न राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका हुन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ जना सदस्यको विवरण पेस गरेकोआयोगले जानकारी दिएको छ ।
प्रमुख आयुक्त थपलियाका अनुसार देशका ७ वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण पुष २ गते शनिवार एकै पटक र एउटैसमयमा प्रदेश प्रमुखसमक्ष पेस गर्ने आयोगको तयारी छ ।
मत गणना सम्पन्न गरी समानुपातिकको सिट संख्या समेत यकिन भएको १ हप्ताभित्र निर्वाचन आयोगले प्रतिनिधि सभाको विवरणराष्ट्रपति समक्ष र प्रदेश सभाको विवरण सम्बन्धित प्रदेश सभाका प्रदेश प्रमुखलाई बुझाउनुपर्ने संवैधानिक प्रावधान छ ।


