adv

सेवा प्रभावकारी बनाउन शाखा कार्यालय समेत सञ्चालन गर्दै माङसेबुङ गापा

१७ पुष, माङसेबुङ ।

आम मानिसले दैनिक प्राप्त गर्ने सरकारी सेवालाई थप प्रभावकारी बनाउन माङसेबुङ गाउँपलिकाले वडा कार्यालयको सेवालाई समेतविस्तार गर्दै शाखा कार्यालय सञ्चालन गर्न थालेको छ ।

जनताका लागि प्रदान गर्नुपर्ने सुविधा प्रभावकारी #बनाउन वडा कार्यालयको समेत शाखा विस्तार गरी सेवा प्रवाह गर्न थालिएकोपालिकाले जनाएको हो ।

यस अघि वडा नम्बर ३ को भञ्ज्याङमा कोठा भाडामा लिएर वडा कार्यालयको शाखा सञ्चालनमा आइसकेको माङसेबुङगाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।

दोस्रो शाखा कार्यालयको रूपमा आइतबार वडा नम्बर २ को चित्रे टोलमा वडा कार्यालयको शाखा कार्यालय स्थापना गरीसञ्चालनमा ल्याइएको हो ।

शाखा कार्यालयको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राईले  भने – ‘वडाबाट प्राप्त हुने सेवा सुबिधा लिन सहज होस् भनेरसेवाग्राहीहरुको माग अनुसार शाखा कार्यालय सञ्चालन गरेका हौं ।

आइतबारको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, वडा नम्बर २ का वडा अध्यक्ष कृष्णबहादुर बस्नेतसहितविभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय सेवाग्राहीहरुको उपस्थिति थियो ।

हरेक सोमबार यस कार्यालयबाट समेत वडा कार्यालयबाट प्राप्त हुने सबै किसिमको सेवा सुविधा उपलव्ध गराइने अध्यक्ष राईकोभनाइ छ ।

वडा नम्बर २ को माथिल्लो भेग खाम्नुवा, टेलिटार, दहगाउँ, याङरुपे, डाँडागाउँ, गैरीगाउँ, रक्से, चित्रेगाउँ, पावालगायत क्षेत्रकासेवाग्राहीलाई लक्षित गरी गाउँपालिकाले चित्रेमा वडाको शाखा कार्यालय सञ्चालनमा ल्याइएको हो ।

यसै साता वडा नम्बर ६ को टोड्केमा समेत वडा कार्यालयको शाखा कार्यालय स्थापना गरि सञ्चालनमा ल्याइने अध्यक्ष राईले बताए।

यसअघि वडा नम्बर ३ मा खोलिएको शाखा कार्यालयले विहीबार र शुक्रबार सेवा प्रवाह गरिरहेको पालिका स्रोतको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु