माङसेबुङ । माङसेबुङ गाउँपालिका इलामले मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालिम सम्पन्न गरेको छ । माङसेबुङगाउँपालिका न्यायीक समितिको सचिवालयको आयोजनामा सबैवडाका प्रतिनिधिहरुको सहभागितामा तालिम सम्पन्न गरेको हो ।
माङसेबुङ गाउँपालिकामा प्रप्त हुने उजुरिहरुलाई मेलमिलापको माध्यमद्वारा समस्या समधान गर्ने उदेश्यले गत पुस १५ देखि शुरु भएको८ दिने मेलमिलाप सम्बन्धी आधारभूत समापन सम्पन्न भएको हो ।
माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीयअधिकृत विनोद चैहानको उपस्थिति रहेको थियो ।
८ दिन सम्म संचालन भएको उक्त तालिममा सहभागीहरुलाई पारस राई र याम माबोहाङले सहजिकरण गरेका थिए ।
मेलमिलाप सम्बन्धी तालिममा माङसेबुङ गाउँपालिकाका ६ वटै वडाबाट २१ जना मेलमिलापकर्ताको उपस्तिथि रहेको थियोभने उक्तकार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समेतिका संयोजक बिनोदकुमार नेम्बाङ र न्यायीक सचिवालयका अन्यसदस्यहरुको सहभागीता रहेको थियो ।



