adv

सरकारले बेवास्ता गरेको निजी क्षेत्रको आरोप

२३ पुष, दमक

सरकारले आफूहरुलाई बेवास्ता गरेको आरोप निजी क्षेत्रका अगुवाहरुले लगाएका छन्

शुक्रबार दमक उद्योग बाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहका वक्ताहरुले यस्तो आरोप्लगाएका हुन्

मुलुकको अर्थतन्त्रको मुख्य आधार उद्योगी व्यवसायीहरु नै भए पनि आफूहरुमाथि आर्थिक मन्दीको समयमा राज्यले न्यायपूर्णव्यवहार नगरेको अगुवाहरुले गुनासो गरे

कोरोनापछि सिर्जित आर्थिक मन्दीको अवस्थामा उद्योगी व्यवसायीलाई बैंक ब्याजदरमा समेत कस्ने नीति ल्याएर सरकारले अन्यायगरेको भन्दै सम्बद्ध नेताहरुले सरकारको सो नीतिको विरोध गरेका हुन्

नेपाल उद्योग बाणिज्य संघ का पूर्व अध्यक्ष एवम् दक्षिण एसियाली उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुखआतिथ्यता दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरुले राज्य पक्ष निजी क्षेत्रको साझेदारीबाट मात्रै समग्र विकास रोजगारी सिर्जना हुने बताएका थिए

कार्यक्रममा प्रदेश का प्रदेश सभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराईप्रसाईं, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकाल, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष घनेन्द्रराजयोङया, निवर्तमान अध्यक्ष राजेन्द्र ढकाल लगायतले बोलेका थिए

उद्घाटन सत्रको सुरुमै अध्यक्ष श्रेष्ठले संघको वार्षिक प्रतिवेदन पेश गरेका थिए उनले प्रतिवेदनमार्फत कोरोना यसबाट सिर्जितसमस्या महामारीसँग जुध्न संघले स्थानीय सरकारसँग गरेको सहकार्य बारे चर्चा गरेका थिए

सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष एवम् साधारण सभा तयारी समिति संयोजक देवीप्रसाद गुरागाइँ ( गोपाल)ले स्वागत मन्तव्यराख्दै संघको बन्दसत्र सकिए लगतै आफू नयाँ भूमिकाको निम्ति अभियानमा जुट्ने खुलासा गरे

चुनावी साधारण सभा समेत रहेको संघको ३१ औं वार्षिक साधारण सभामा आगामी कार्यकालको नेतृत्वमा थुप्रै आकांक्षी मध्येगुरागाईँलाई मुख्य दावेदार मानिएको

साधारण सभामा सम्मान

पुरस्कार

३१ औं बार्षिक साधारण सभाको अवसर पारेर दमक उद्योग बाणिज्य संघले आफ्ना पूर्व अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठलाई सम्मान गरेको उनले (२०४८५०)सम्म )संघको नेतृत्व गरेका थिए

त्यस्तै यस वर्षको उत्कृष्ट व्यवसायीहरुमा दमक स्थित लक्ष्मी ट्रेडर्सका मिश्रीलाल साह पाथीभरा स्टोरकी तीर्थकुमारीताम्राकारलाई कार्यक्रमका बीच दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो

संघले यस वर्षको वाणिज्य पत्रकारित पुरस्कारबाट पत्रकार नगेन्द्रमणि न्यौपानेलाई पुरस्कृत गरेको

न्यौपानेलाई नगद ११ हजार सय सम्मान पत्र प्रदान गरिएको हो

त्यस्तै संघकी कार्यालय सहायक मञ्जु चौधरी थारु उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भइन्

प्रमुख अतिथि ढकाल संघका अध्यक्ष श्रेष्ठले सम्मानित पुरस्कृत व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेकाथिए

कार्यक्रमका बीच संघको आजिवन सदस्यता प्राप्त गर्ने व्यवसायीहरु रमेश लुइँटेल बद्रीप्रसाद दाहाललाई आजिवन सदस्यताकोप्रमाण पत्र हस्तान्तरण गरिएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु