adv

दमक ८ ले गर्यो अव्यवस्थित तार व्यवस्थापन

२३ पुष, दमक ।

झापाको दमक नगरपालिकास्थित ८ नम्बर वडा कार्यालयले वडा क्षेत्रमा अव्यवस्थित रुपमा बिजुलीको पोलहरुमा टाँगिएकाटेलिफोन, इन्टरनेट, केवुलका तारहरुलाई व्यवस्थित गर्ने अभियान सम्पन्न गरेको छ ।

वडाको सहिद, सेतुमारी, किरात र बिकास मार्ग, किरात, डाँफे मुनाल मार्ग टोलहरुमा अव्यवस्थित तारहरु ब्यवस्थित गर्न एक हप्तेअभियान सम्पन्न भएको हो ।

८ नम्बर वडाका वडा अध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) ले अव्यवस्थित तारका कारण भैपरि आउने विपतलाई अस्थायी रूपमै भएपनि रोकथाम गर्न र हुन सक्ने क्षतिबाट बच्न तार व्यवस्थापन गरिएको जानकारी दिए ।

दमक ८ को वाँकी टोलहरुमा पनि अव्यवस्थित तार ब्यवस्थापन कार्यका लागि दमक नगरपालिकाले फेरि जेसीभी उपलब्ध गराएमाकेबुल र इन्टरनेट कम्पनीका प्राविधिकको सहयोगमा तार ब्यवस्थापन अभियान चलाउने वडा सदस्य खेम श्रेष्ठले बताए ।

दमक ८ मा इन्टरनेट, केबुल र टेलिफोनका गरि विभिन्न १७ वटा कम्पनीले तार प्रयोगमा ल्याएको ८ नम्बर वडा कार्यालय दमकलेजनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु