adv

रेडक्रस दमकको निर्वाचन सम्पन्न

२३ पुष, दमक

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको शनिबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको

प्राप्त अन्तिम मत परिणाम अनुसार सोसाइटीको दमक उपशाखा सचिवमा घनश्याम कोइराला ३१४ मत पाएर विजयी भए

उनीसँग प्रतिस्पर्धा गरेका तीर्थराज बस्नेत (शंकर)ले २५२ मत पाए

उपसचिव पदमा बबरजंग थापा (किरण) ४३८ मत पाएर निर्वाचित भए

उनीसँगै स्पर्धा गरेका अनिल सुवेदीले १२० मत पाए

त्यस्तै कार्यसमिति सदस्य महिला तर्फ मैना दाहाल (३१८ मत), खुलातर्फ कार्यसमिति सदस्यमा सुमनकुमार नेपाल (४६० मत), डा. सूर्यनारायण साह (४४७ मत), ध्रुवप्रसाद न्यौपाने (४३९ मत) पारसमणी आचार्य (३६३ मत) सहित विजयी भए

महिला सदस्यमा दुर्गा चुँडाल खुला सदस्यहरुमा सर्वकुमार कार्की सुरेन्द्रकुमार श्रेष्ठ चुनावी स्पर्धामा रहे पनि विजयी बन्न सकेनन्

यसअघि गएको बुधबार सभापतिसहित विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए
सभापतिमा पुनः प्रकाश बुढाथोकी निर्विरोध निर्वाचित भएका थिए

त्यस्तै उपसभापतिमा गोमादेवी प्रसाईं, कोषाध्यक्षमा सीता कार्की उपकोषाध्यक्षमा प्रकाश बस्नेत निर्विरोध निर्वाचित भएका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु