
२३ पुष, माङसेबुङ ।नेकपा माओवादी केन्द्र इलाम माङसेबुङको विशेष गाउँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।
माङसेबुङ-३ चतुरेस्थित आदिवासी भवनमा सम्पन्न अधिवेशनले कार्यवाहक अध्यक्ष पृथिमान चवेगु लाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि गाउँ कमिटी अध्यक्ष जनम खम्बू माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यमा निर्वाचित भएसँगै तत्कालीन उपाध्यक्ष पृथिमान चवेगु कार्यवाहक अध्यक्ष बनेका थिए ।
अधिवेशनले क्रमश: सचिव र कोषाध्यक्षमा भुपाल योङहाङ र विष्णु राईलाई सर्वसम्मत निर्वाचित गरेको हो भने अन्य पदाधिकारी पहिलेकै कायम गरिएको हो ।

माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् ईलाम जिल्ला ईन्चार्ज धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रका प्रदेश कमिटी सदस्य एवम् इलाम जिल्ला संयोजक विजय खम्बू, प्रदेश कमिटी सदस्य एवम् माङसेबुङ इन्चार्ज जनम खम्बू लगायतको उपस्थिति रहेको थियो।
गाउँ कमिटी उपाध्यक्ष नरबहादुर आङदेम्बेले स्वागत गरेको औपचारिक कार्यक्रमको सञ्चालन गाउँ कमिटी सह-सचिव शुरेस राईले गरेका थिए ।
कार्यक्रमका बीच स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई गाउँ कमिटीको तर्फबाट सम्मान गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथि शर्माले सम्मान-पत्र प्रदान गरेका थिए ।
सम्मानित हुनेहरुमा माङसेबुङ वडा नम्बर ३ का वडा अध्यक्ष जनम खम्बू, माङसेबुङ-१ वडा अध्यक्ष भुपाल योङहाङ, माङसेबुङ -१ दलित महिला सदस्य सिर्जना मगरान्ती रहेका थिए ।

