२४ पुष, दमक ।
प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण गरेका छन् ।
विराटनगरस्थित सगरमाथा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच सो ग्रन्थको लोकार्पण गर्दै प्रदेश प्रमुख खापुङलेसमाजलाई सुसंस्कृत बनाउनमा पण्डित श्री घनश्याम पोखरेलको विशेष योगदान रहेको चर्चा गरेका हुन् ।
कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, स्वामी गोपालाचार्य, कविराज न्यौपाने, पिण्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेल, रमेशघिमिरे, सहप्राध्यापक डा. सागरमणि सुवेदी, ग्रन्थका सम्पादक डा. रघुनाथ नेपाल र प्रदेशसभाका सांसद भीम आचार्यले बोलेकाथिए ।
खापुङले सो अवसरमा पण्डित श्री घनश्याम पोखरेल मेधावी छात्र पुरस्कार २०७९ बाट उज्ज्वल अचार्यलाई पुरस्कृत स्मेत गरे ।
त्यसैगरी ग्रन्थका सम्पादकहरु डा. रघुनाथ नेपाल, भवानीप्रसाद मिश्र, कुरेश पाण्डे, ईश्वर गुरागाइँलाई समेत कार्यक्रमका बीचसम्मान गरिएको थियो ।


