२४ पुष, दमक ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्य सुशिला राईलेआइतबार प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङलाई भेट गरेका छन् ।
सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित राई र जसपाबाट समानुपातिक सांसद बनेकी श्रेष्ठले प्रदेश प्रमुखको सरकारी निवासमा भेटघाटगरेको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको हो ।
भेटमा प्रदेश प्रमुख खापुङले राईलाई प्रत्यक्षतर्फ विजयी भएकोमा र श्रेष्ठलाई समानुपातिकतर्फबाट निर्वाचित भएकोमा बधाइ ज्ञापनगरेका थिए ।
समाचार स्रोतका अनुसार राई दम्पती आजै काठमाडौं फर्कने क्रममा प्रदेश प्रमुख खापुङसँग भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।
खापुङ जसपाको तर्फबाट गत वर्ष प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । निर्वाचनपछि बनेको नयाँ सत्ता समिकरणसँगै सातै प्रदेशमा नयाँसरकार गठनको लागि तयारी चलिरहेको छ ।
यसका साथै प्रदेश प्रमुखहरु पनि नयाँ नियुक्त गरिने चर्चा छ ।


