
माङसेबुङ । माङसेबुङ गाउँपालिका ६ नं. वडा कार्यालयले सेवा केन्द्र उद्घाटन गरेको छ । वडाको साविक बाँझो १ टोड्केमा माङसेबुङगाउँपालिकाका अध्यक्ष हेमन्त माक्रिहाङ राईले अौपचारिक रुपमा आज उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका राईले माङसेबुङमा यो वडा सहित ३ वटा वडामा वडाको शाखा कार्यालय र सेवाकेन्द्र स्थापना गरि उद्घाटन गरिएको बताए । यस अघि माङसेबुङ गाउँपालिकाको वडा नं. ३ मा र वडा नं. २ मा शाखा कार्यालय उद्घाटनभई नागरिकलाई सेवा समेत उपलब्ध भईरहेको राईले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, वडा अध्यक्ष, वडा सदस्यहरु, निवर्तमान कार्यपालिका सदस्य, साविकका गाविसका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि एवम् नागरिकहरुको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष सहित पूर्व कार्यपालिका सदस्य मनिशा राई, पूर्व वडा सदस्य रामचन्द्र राई, नेपाली काङग्रेसका प्रतिनिधिविर्ख बहादुर राई, पूर्व वडा अध्यक्ष इन्द्र कुमार राईले मन्तव्य राखेका थिए ।
माङसेबुङ गाउँपालिका ६ नम्बर वडाध्यक्ष प्रदिप साङपाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव सिर्जना खड्काको सञ्चालनरहेको थियो भने वडा सदस्य दिवश राईले स्वागत मन्तव्य राखेका थिए ।





