adv

सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा


२८,पुष काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो।

उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।
जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो।

जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु