adv

टिकटकमा जुवा खेलाएको आरोपमा चारजना पक्राउ


२८ पौंष, काठमाडौँ । 
नेपाल प्रहरीले सामाजिक सञ्जाल टिकटकमा जुवा खेलाएको आरोपमा चारजनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा दाङका २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुरका २७ वर्षीय कपिल गिरी तथा २१ वर्षीय प्रेम कठायत र कैलालीका २० वर्षीय डिल्लीराज अवस्थी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे टाेलीले मंगलबार उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थली लगायतका स्थानबाट चारजनालाई पक्राउ गरेको हो ।

आरोपित चारैजना टिकटक लाइभमार्फत जुवा खेलाइरहेको अवस्थामा पक्राउ परेकाे प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिबाट जुवा खेलाउन प्रयोग भएका चारवटा फोन, तास खेल्ने विभिन्न व्यक्तिको नाम र तीन थान रजिष्टर बरामद गरिएको छ ।

​चारैजनालाई मुलकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा (१) बमोजिमको कसूरमा आवाश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु