adv

झापाको गौरादहमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु

२९, पुष झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले ठक्कर दिंदा स्थानीय ७२ वर्षीया तुलसा दाहालको मृत्यु भएको हो ।

पैदल हिँडिरहेकी दाहाललाई बिहीबार दिउँसो तीन बजेतिर स्कुल बसले ठक्कर दिएको थियो । उनको, बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहीबार राति सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु