adv

पवित्रहाङमा कपको खेलतालिका सार्वजनिक

१६ माघ,माङसेबुङ ।माघ २३ गतेदेखि शुरु हुन गईरहेको पवित्रहाङमा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

किराँत धर्मगुरु आमा साँबा पवित्रहाङमाको ६७औं जन्मोत्सवको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो ।

माङ्सेबुङ  इलाम स्थित आत्मानन्द खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा माङ्सेबुङ गाउँपालिका, इलाम र नवदीप युवा क्लब, मिक्लाजुङ, मोरङ भिड्ने खेलतालिकामा उल्लेख छ ।

इलाम फुटबल संघको प्राविधिक सहयोग तथा माङ्सेबुङ गाउँपालिकाको विशेष सहयोग रहने प्रतियोगितामा एक नम्बर प्रदेशका कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गतेका दिन हुने पनि आयोजकले जनाएको छ ।

आत्मा पवित्र हक्चात यक्चुम, माङसेबुङ, इलामको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,००,१६७ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,००,१६७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु