adv

शासक वर्गको चरित्र नसुधृए विद्रोह हुन सक्छ : जसपा अध्यक्ष यादव

१६ माघ, दमक ।

देशमा शासक वर्ग शासन सत्ताको पुरानै चरित्र नसुधृए जनविद्रोह हुन सके जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलेचेतावनी दिएका छन्

आज सोमबार सहिद दिवसको अवसरमा जसपा अध्यक्ष यादवले आफ्नो फेसबुक पेजमा लामो पोस्ट गर्दै यस्तो चेतावनी दिएका हुन्

जनता चेतनशील, जागृत संगठित हुँदै गइरहेको उल्लेख गर्दै यादवले देशको अवस्था शासक जाति, वर्गको चिन्तन चरित्रमासुधार नआए अर्को भयानक जनबिद्रोह हुन सक्ने भनी लेखेका छन्

नेपालको शासन प्रणाली संवैधानिक व्यवस्था बमोजिम मन्त्रिपरिषदले शासन व्यवस्थाको निर्देशन, नियन्त्रण सञ्चालन गर्ने भदैउनले भनेका छन् -‘संबैधानिक परिषदले न्यायाधीश, अख्तियार, महालेखा परीक्षक, निर्वाचन आयोग, मानव अधिकार आयोग, बित्तआयोग, महिला आयोग, समावेशी आयोग आदि संबैधानिक अङ्गहरुमा नियुक्तिकालागी सिफारिस गर्दछ

देशको आधा भन्दा बढी जनसंख्या ओगटेने मधेशी, थारु, मुस्लिम, दलित, जनजाति आदिलाई नेपाली सेना अन्य सुरक्षानिकायहरुमा समावेशीकरण हुनबाट बञ्चित गरेको यादवको आरोप

उनले भनेका छन् -‘यी निकायहरूमा समाबेशीकरण कहिल्यै किन गरिँदैन रु केही शासक वर्ग, जातिको जातीय अहंकार नस्लवादीचिन्तन, व्यबहार चरित्र यो हैन रु नेपाली जनताको त्याग, तपस्या , संघर्ष बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रकोउपेक्षा उपहास भएन रु यस्तै अवस्था रहिरहने हो भने परिणाम के होला रुयस सम्बन्धमा कस्ले रु कहिले सोच्ने ? ‘

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु