adv

दयाहाङ्ग राई इसेवाको ‘ब्राण्ड हिरो’

१६ माघ,काठमाडौं । इसेवा मनी ट्रान्सफरले नेपाली सिने जगतका लोकप्रिय कलाकार दयाहाङ्ग राईलाई ‘ब्राण्ड हिरो’को रुपमा आवद्ध गरेको छ।

यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसेडर बनाएकाे इसेवालेले ब्राण्ड हिराेमा राईलाई आवद्ध गराएको हो।

राई इसेवा मनी ट्रान्सफरका युएईमालगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरूसंग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार-प्रसार मुलक कार्यक्रममा सक्रिय रूपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ।

इसेवाले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनैपनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु