१७ माघ,झापा । झापा र सुनसरीको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमवार दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ केराबारी स्थित संकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्नेक्रममा रामधुनि नगरपालिका-३ का २७ बर्षीय करण कुमार चौधरीको साथबाट २.७९ ग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै झापाको भद्रपुर नगरपालिका-५ मेचीपुलबाट ३२ बर्षीय सन्तोष बिश्वकर्माको साथबाट डाईजेपाम र फेनारगन २१ एम्पुल फेला पारी पक्राउ गरेको हो । प्रहरी बिट मेचीपुलमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको साईकल यात्री विश्वकर्मालाई पक्राऊ गरेको हो ।

