adv

आफ्नै आमालाई बन्चरो प्रहार गरी हत्या

१७ माघ,काठमाडौं कैलालीको लम्कीचुहा नगरपालिका बगमारामा बस्ने ४० वर्षीय श्रीराम थारुले आफ्नै आमा ७१ वर्षीया लगनीथारुलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको

बन्चरो प्रहारबाट सख्त घाइते भएकी लगनीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीकार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए 

प्रहरीका अनुसार आमाले वृद्धभत्ताको रकम नदिएपछि छोरा श्रीरामले बञ्चरोले ढाड खुट्टामा प्रहार गरेर फरार भएका थिए 

घटनापछि प्रहरीले श्रीरामको खोजी गर्दा स्थानीय देउराली सामुदायिक वनमा फेला पारेर उनलाई पक्राउ गरिएको प्रवक्ता जोशीलेबताए  अनुसन्धानको क्रममा आरोपित श्रीरामले प्रहरीसमक्ष आफूले आमालाई आक्रमण गरेको वयान दिएका छन् 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु