adv

साफ यू–२० महिला च्याम्पियनसिप फुटबल टिमलाई बिदाई

१७ माघ,काठमाडौं । बंगलादेशमा फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको विदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सातदोवाटोमा आयोजित कार्यक्रमबीच खेलाडीको विदाइ गरेको हो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहनेछ । च्याम्पियनसिपको उपाधि चुम्ने लक्ष्य राखेको नेपालले पहिलो खेल ३ तारिख आयोजक बंगलादेशसँग खेल्नेछ । नेपालले दोस्रो खेल ५ तारिख भुटान र अन्तिम खेल ७ तारिख भारतसँग खेल्नेछ । लिग चरणको शीर्ष दुई टोलीबीच ९ तारिख फाइनल खेल हुनेछ ।

नेपाली टोलीको प्रशिक्षकमा यामबहादुर गुरुङ हुनुहुन्छ । प्रीति राईको कप्तानस्मा रहेको नेपाली टोलीको गोलरक्षकमा कविता विक, सावित्री किसन र लिला जोशी हुनुहुन्छ । रक्षकमा सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ हुनुहुन्छ ।

यसैगरी मिडफिल्डरमा कप्तान राईसहित तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, अन्जली मचामसी, सरस्वती हमाल र दिपा शाही हुनुहुन्छ । स्ट्राईकरमा गरिमा राई, अमिसा कार्की, ममता पुन र अन्जली चन्द हुनुहुन्छ ।

टोलीलाई एन्फाका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, महासचिव किरण राईलगायतले विदाइ गर्नुभयो । नेपाली महिला टोली बुधबार बंगलादेश प्रस्थान गर्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु