adv

लाल–भागिरथा बानियाँ प्रतिष्ठानद्वारा ३ जना प्रतिभा सम्मानित

१७ माघ,मेचीनगर । लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले विभिन्न विधाका तीनजना प्रतिभालाई नगदसहित सम्मान गरेको छ ।

आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा प्रतिष्ठानले चौथो वार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा
उनीहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो ।

कार्यक्रममा स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ कै असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिएको छ ।

शर्मासहित पुरस्कृत तीनैजना प्रतिभाहरुलाई जनहि ३१ हजार रुपैयाँसहित कदर पत्रद्वारा सम्मान गरिएको छ ।

सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि यस्तो सम्मान गर्दै आएको प्रतिष्ठानले जनाएको छ । पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मेमोरी किङ शर्मा, प्रतिष्ठानका सदस्य मोहन काजी, समाजसेवीहरु शिव पौडेल, डिल्ली खतिवडा, हरिनारायण भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

लाल–भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मनोज बानियाँले र सञ्चालन सचिव डम्बरबहादुर देउजाले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु