
२२ माघ,मेचीनगर । मेची उद्योग बाणिज्य संघको मतगणना आज बिहानदेखि हुने भएको छ ।
शनिबार सम्पन्न संघको निर्वाचनको मतगणना आज बिबहान ९ बजेदेखि हुने निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले जानकारी दिए ।
शनिबार राधास्वामीको भवनमा विहान ८ वजेदेखि सुरु निर्वाचन दिउँसो ४ वजे सम्पन्न भएको निर्वाचनमा कुल १ हजार ७६८ मतदातामध्ये १ हजार ३८९ जना मतदाताले मतदान गरेका थिए ।
चुनावमा नेकपा एमालेका खेमराज प्रसाईंको नेतृत्वमा ६ दलका साझा व्यवसायीहरुको समूह र नेपाली कांग्रेसका मोहन निरौलाकोनेतृत्वमा कांग्रेस लोकतान्त्रिक प्यानल चुनावी मैदानमा उत्रिएको थियो ।

