adv

बि–डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि कुशल र जीवनलाई

कविध्वज राई । दमक । झापाको दमकमा सम्पन्न दुई दिवसीय बी डिभिजन ब्याडमिन्टन प्रतियोगितामा कमल गाउँपालिकाका कुशल बराल र जीवन दाहाल प्रथम भएका छन् । फाइनल खेलमा दमकका सन्तोष राई र बीरु सुब्बालाई २१–१४, १२–२१ र ११–२१ को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधिमा कब्जा जमाएका हुन् ।

खेलको पहिलो सेट हात पारेको सन्तोष राई र बीरु सुब्बाले २१–१४ को फराकिलो नतिजा बनाएका थिए । दोस्रो सेटबाट खेलको लयमा फर्केका कुशल बराल र जीवन दाहालले दोस्रो सेटमा २१–१२ नतिजा निकाल्दै कमब्याग गरेका थिए । खेलको तेस्रो सेटमा पुनः ११–२१ को नतिजा निकाल्दै बराल र दाहालले प्रतियोगिता जितेका थिए ।

सन्तोष राई र बीरु सुब्बाले सेमिफाइनल खेलमा मिहाङ राई र उदिप राईलाई २२–२०, १९–२१ र २१–९ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने जीवन दाहाल र कुशल बरालले बाबुछोरा टिम याम लिम्बु र यशु लिम्बुलाई २१–१४ र २१–१५ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगिताको विजेता टोलीले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले नगद ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने तेस्रो हुने टोलीले नगद ४ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।

प्रतियोगितामा दमक नगरपालिका सहित उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र चुलाचुली गाउँपालिका क्षेत्रको बि–डिभिजनका ३२ टिमले सहभागिता जनाएका थिए ।

फाइनल खेल समितिका अध्यक्ष नरबहादुर राईको अध्यक्षतामा तथा दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजर नवीन ताम्राकार, सिनियर खेलाडीहरु सुदेन राई, प्रकाश राई, विसन राई, अनुप अधिकारी, समाजसेवि महेन्द्र चाम्लिङ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अवसरमा सिनियर खेलाडीहरु सुदेन राई, प्रकाश राई, विसन राई, अनुप अधिकरी, जुनुन राई लगायतको सिनियर खेलाडिहरुलाई प्रमुख अतिथि भट्टराईको बाहुलीबाट ढाकाको टोपि लगाएर सम्मान गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु