माङसेबुङ । माङसेबुङ गाउँपालिका वडा नम्बर १ वडा कार्यालयले कृषि सामग्री, उपकरण तथा उन्नत मकैको बिउ वितरण गरेको छ ।
शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा कार्यालयले टनेल २१ थान, स्प्रे ट्याङ्की १३ थान, च्यापकटर ३ थान र तिन सय साठी किलोग्राम उन्नत मकैको बिउ वितरण गरेको हो ।
चालु आर्थिक वर्ष २०७९/०८० को कृषि विकास कार्यक्रम अन्तरगत विनियोजित चार लाख रुपैयाँबाट १३ वटा टोल विकास संस्थालगायत आवेदन दिने अगुवा कृषकलाई कृषि सामग्री, उपकरण तथा उन्नत मकैको बिउ वितरण गरिएको वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए ।
कार्यक्रम वडाध्यक्ष योङहाङको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडासदस्य डिकमाया ल्वागुनले स्वागत मन्तव्य राखेकी थिइन भने वडाका पशु प्राविधिक हिमाल खनालले सञ्चालन गरेका थिए ।




