१६ फागुन, दमक ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रदेश नम्बर १ अध्यक्षमा दीपकयाक्खा चयन भएका छन ।
जसपा प्रदेश १ को सोमबार र मंगलबार प्रदेश पार्टी कार्यालय इटहरीमा बसेकोबैठकले याक्खाको नेतृत्वमा १ सय २३ सदस्यीय प्रदेश समिति पुनरगठन गरेकोहो । समितिको उपाध्यक्षहरुमा क्रमश: सबिता यादव, राजकुमार यादव, हंसासाह, राकेश मेहता, बिनोद नेम्बाङ, प्रेम वनेम र दिपेश राई चयन भएका छन ।
मुख्य सचिव घनश्याम कटुवाल र सचिवहरुमा क्रमश: हस्तशोभा राई, सान्त घतानी, तेजमाया राई, सुब्बालालमेहता र घनराज सुब्बा चयन भएका हुन ।
त्यस्तै कोषाध्यक्षमा केशरमान गुरुङ चयन भएका छन ।


