माङसेबुङ । शंकर योङहाङको टोलाए म टोलाए बोलको गीत आज शुक्रबार सार्वजनिक गरिएको छ ।
माङसेबुङ र मिक्लाजुङको सिमाना पञ्चमी बजारमा एक कार्यक्रमबीच युट्यूवमा सार्वजनिक गरिएको छ ।
शंकर योङहाङ अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको टोलाए म टोलाए गीतमा सौगात न्यौपानेको शब्द संगित रहेको छ ।
गीत, म्यूजिक भिडियो निर्माण गरिसकेपछि शहर केन्द्रीत कार्यक्रम गर्ने प्रचलन रहेको छ । तर इन्टरनेटले संसारलाई जोडेको समयमा आफ्नै गाउँठाउमा पनि कार्यक्रमहरु सार्वजनिक गर्न सकिन्छ भन्ने सन्देश पनि दिनका लागि कार्यक्रम पञ्चमी बजारमा गरिएको गायक शंकर योङहाङले बताए ।
कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, गायिका कल्पना वानु, राममाया सम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो ।
भिडियो हेर्न तलको लिङकमा जानुहोस्


