adv

कोशी प्रदेश नमाकरण खारेज गर : फोनिज

२० फागुन, दमक

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले कोशी प्रदेश खारेजीको माग गरेको

फोनिज संघीय समितिले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको –‘संघीयताको मर्म विपरित बलपूर्वक सडकमा निषेधाज्ञाजारी गरेरकोशी प्रदेशकायम गरिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को गम्भीर ध्यानाकर्षण भएको

प्रदेश नम्बर भित्र किरात, लिम्बुवान, कोचिला शेपालुङसमेतको सभ्यता, राजनीतिक विरासत पहिचानको थलो भएको जिकिरगर्दै फोनिजले प्रदेश सभाले जनभावना विपरित रैथाने आदिवासी जनजाति समुदायको पहिचान प्राप्तिको मर्ममाथि निर्मम प्रहारभएको फोनिजको ठहर

उसले विगतदेखि नै प्रदेश नम्बर को नामाकरण किरात लिम्बुवान वा लिम्बुवान किरात प्रदेश राख्नुपर्ने माग अघि सारेको

कोशी प्रदेशले प्रदेश नम्बर को जनजीवन प्रदेशवासीहरुको आपसी एकता हार्दिकतालाई खलल पुग्ने ठहर गर्दै फोनिजलेपहिचान प्राप्तिको लागि हुने शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख

त्यस्तै,  शुक्रबार फोनिज प्रदेश समितिले विज्ञप्ति जारी गरेर पहिचान विरुद्ध आएकोकोशी प्रदेशस्वीकार नगर्ने धारणासार्वजनिक गरेको थियो

विज्ञप्तिमा पहिचानको निम्ति अन्तिम समयसम्म लडिरहने प्रतिवद्धता समेत व्यक्त भएको

मोरङ फोनिजले कोशी प्रदेशविरुद्ध गर्यो प्रदर्शन

यसैबीच फोनिज मोरङले शनिबार बेलबारीमा कोशी प्रदेश विरुद्ध प्रदर्शन गरेको

बेलाबारीमा आयोजित फोनिजको मोरङ भेलापछि पूर्व पश्चिम राजमार्गमा केही समय प्रदर्शन गरिएको हो

प्रदर्शनमा फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान, प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय समिति सदस्य सुजाता लिम्बू, प्रदेश का पूर्व अध्यक्ष अर्जुन जम्नेली राई, प्रदेश पदाधिकारी, सल्लाहकार सदस्यहरु जिल्लाका नेतृत्व सहभागी थिए

त्यसअघि आयोजित भेलामा बोल्दै फोनिज संघीय उपाध्यक्ष देवानले पहिचान पक्षधरहरुको परिपाटी नमिल्दा पहिचान विरोधीशक्तिहरुको प्रपन्च मिल्दा पहिचानलाई पाखा लगाएर कोशी नामाकरण हुन पुगेको बताए

देवानले भने -‘जसरी पहिचान चाहनेहरुको मर्म भावना कुन्ठित गरेर प्रदेशको नामाकरण गरियो, यो गम्भीर षड्यन्त्र हो फोनिजयसको विपक्षमा दृढताका साथ उभिनेछ

भेलाको सान्दर्भिकता बारे प्रकाश पार्दै उनले फागुन २७ २८ गते मधेस प्रदेशको राजधानी जनकपुरमा सम्पन्न हुने फोनिजको नीतितथा विधान सम्मेलनमा सबैले उपयुक्त प्रभावकारी सुझाव दिनुपर्ने भन्दै जिल्लाहरुको अत्यधिक सहभागिता जुटाउन पहल गर्नुपर्नेमाजोड दिए

कार्यक्रममा बोल्दै प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय सदस्यहरु देबेन्द्र खापुङ सुजाता लिम्बू, प्रदेश सल्लाहकार फिपराज बेघालेपहिचानको चाहनालाई कुठाराघात गरिनु निन्दनीय भएको टिप्पणी गरे

त्यस्तै, फोनिज प्रदेश का पूर्व अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेश सभाभित्र छलछाम गरेर पहिचान पक्षधरहरुमाथि प्रहार गरिएकोभन्दै यसले द्वन्द्व विद्रोहलाई जन्म दिएको जिकिर गरे

भेलामा सहभागी मध्ये प्रदेश कोषाध्यक्ष प्रेम देवान, सदस्य बाबुराम मुडियारी, मोरङ सहसचिव रामकुमारी तामाङ लगायतले विभिन्नसुझाव प्रस्तुत गरेका थिए

फोनिज मोरङ अध्यक्ष दिनेश सुब्बाको अध्यक्षतमा सम्पन्न भेलामा सचिव अनिल श्रेष्ठको सञ्चालन रहेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु