कार्यक्रममै आएनन मुख्यमन्त्री कार्की
२० फागुन, सुनसरी ।
मुख्यमन्त्री हिक्मत कार्कीलाई कालो झण्डा देखाउन ३ घण्टा सडकमा उभिदा पनि नआएपछि सुनसरीको इटहरी स्थित रंगशालामाकोशी नाम विरुद्ध प्रदर्शन र कोण सभा भएको छ ।
जीवन विज्ञान (अर्ध आध्यात्मिक संस्था)को पूर्वाञ्चल आध्यात्मिक उत्सव उद्घाटन गर्न आज (फागुन २० गते) मुख्यमन्त्री हिक्मतकार्की आउने कार्यक्रम थियो ।
प्रदेशको नाम किरात लिम्बुवान कोचिला ल्याउन र कोशी खारेज गर्न आन्दोलनरत संस्थाका नेता, कार्यकर्ताहरु रंगशालाको गेटमाकालो झण्डा बोकेर बसेका थिए ।
किरात राई यायोक्खा १ नम्बर प्रदेश समितिको सचिव राम माण्डुपा राईको नेतृत्वमा बसेको सो टोली विहान ११ देखि २ बजेसम्मकालो झण्डा बोकेर गेट नजिकै सडकमा बसेका थिए ।
सुरक्षा थ्रेटको कारण जनाउदै मुख्यमन्त्री कार्की कार्यक्रममा नआउने भएपछि नारा जुलुस र विरोध प्रदर्शन गरेर किरात लिम्बुवानकोचिला अभियान कर्मीहरु फर्केका थिए ।
प्रदेशको नाम कोशी चाहिँदैन, पहिचान पक्षधर एक होऔ लगायतको प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले नारा जुलुस गरेका थिए ।
आन्दोलनकारीको सुरक्षा चुनौतीको करण मुख्यमन्त्री कार्यक्रम उद्घाटनमा नआएको आन्तरिक श्रोतबाट थाहा भएपछि विरोध प्रदर्शनर कोण सभा गरेर आफूहरु फर्किएको राम माण्डुपा राईले बताए ।
कोशी प्रदेश खारेज नभएसम्म मन्त्री, सांसद लगायतको भिजिट अवरोध हुने आन्दोलनरत संस्थाहरुले बताउदै आएका छन् ।


