२१ फागुन, दमक ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) सम्बद्ध समाजवादी विद्यार्थी युनियनले मौलिक विशेषतामा आधारित समाजवादी शिक्षाप्रणाली आवश्यक रहेको बताएको छ ।
चैत ५ गते हुने आसन्न स्ववियू निर्वाचनको लागि संगठनको घोषणापत्र सार्वजनिक गर्दै समाजवादी विद्यार्थीले त्रैभाषिक शिक्षा(मातृभाषा, सरकारी अन्तरराष्टृय), आदर्शवादी समाज र मौलिक विज्ञान र प्रविधिको विकास, संघीय समाजवादी संस्कृतिकोविकास, संघीय समाजवादी मनोविज्ञान, संघीय समाजवादी विश्व दृष्टिकोण, प्राकृतिक श्रोत साधनको व्यवस्थित विकास, भूबनोटअनुसारको व्यवस्थित जल जमिन, जङ्गलमाथिको स्थानीय स्वामित्व, सामुदायिक शिक्षा प्रणाली सहित मूलभूत विशेषतामाआधरित शिक्षा आवश्यक रहेको जिकिर गरेको हो ।
संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र र धर्म निरपेक्ष नेपालको विकासको निम्ति समाजवादी शिक्षा प्रणाली अपरिहार्य रहेकोयूनियनको दावी छ ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने माग घोषणा पत्रमा उल्लेख छ ।
‘वर्षौँदेखि बहिष्करणमा परेका आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलित, अपाङ्ग भएका व्यक्ति तथा यौनिकअल्पसङ्ख्यक समुदायलाई राज्यका हरेक अंगमा प्रतिनिधित्व गराउनु नै समानुपातिक समावेशी हो‘, घोषणापत्रमा भनिएको छ ।
उसले आफ्नो २६ बुँदे घोषणा पत्रमा विद्यार्थी, शैक्षिक प्रणाली, विश्वविद्यालयको वेथिति, भ्रष्टाचार लगायतका विषयहरू र त्यसकोसमाधान गर्ने विषय उल्लेख गर्दै आसन्न स्ववियू निर्वाचनमा आफ्ना उम्मेद्वार र संगठनलाई मतदान गरेर विजयी गराइदिन अपीलगरेको छ ।
पूर्ण समानुपातिक स्ववियू निर्वाचन माग गर्दै झापाको धुलाबारी क्याम्पसमा २०६५ साल चैत्र ६ गते सम्पन्न हुनै लागेको स्ववियूनिर्वाचन रोक्ने क्रममा प्रहरीको गोली लागेर विद्यार्थी नेता मनिल तामाङको मृत्यु भएको थियो । राज्यले उनलाई राष्टृय सहिद घोषणागरेको थियो ।


