adv

माङसेबुङमा अभियान समिति गठन, आन्दोलन निरन्तर

२२ फागुन, माङसेबुङ

इलामको माङसेबुङ स्थित यलम्बर चोकमा कोशी प्रदेश खारेजीको माग गर्दै मुख्यमन्त्री हिकमत कार्कीको पुत्ला दहन भएको छ।

कोशी प्रदेश नामांकन विरुद्ध अभियान समिति, लिम्बुवान किरात संघर्ष समिति लगायतले आइतबारबाट थालेको चरणवद्धआन्दोलनको दोस्रो दिन सोमबार पहिचान मासेर ल्याइएको कोशी प्रदेशको विरोध गर्दै मुख्यमन्त्री कार्कीको पुत्ला दहन गरिएकोस्थानीय सञ्चारकर्मी सुमन लावतीले जानकारी दिए

पहिचान सहितको प्रदेश नं को पुनः नामांकन अभियान समितिले आयोजना गरेको विरोध प्रदर्शनमा स्थानीयको व्यापक सहभागितारहेको बताइएको

यस अघि आइतबार माङसेबुङको नम्बर वडा कार्यालय नमब्र वडा कार्यालयको सेवा केन्द्रमा तालाबन्दी गरिएको

अभियानको शाखा विस्तार

आन्दोलनरत पहिचान सहितको प्रदेश नम्बर को पुन: नामाकरण अभियानले सोमबार नै आफ्नो शाखा विस्तार समेत गरेको छ।

अभियानका सहअध्यक्ष केहेरसिं योङहाङको सहजीकरण तथा अभियानका जिल्ला सदस्य धनसिंङ सङबाङफेको अध्यक्षतामाबसेको भेलाले उदयविक्रम तुम्बापोको नेतृत्वमा २३ सदस्यीय समिति गठन गरेको छ।

अभियान समितिमा, उपाध्यक्ष सम्झना राई, सचिव अमृत चेम्जोङ, कोषाध्यक्ष अम्बिका नेम्बाङ छन्

सदस्यहरुमा प्रेम राज केरुङ, टेकहाङ चेम्जोङ, गंगा आङबुहाङ, जलन आङबुहाङ, विरेन्द्र साँबा, कृष्ण समारुङ, टीकाराम राई, जगतबहादुर लावती, रामकुमार आङबुहाङ, देवीप्रसाद नेम्वाङ, पृथ्वी साम्पाङ, अनिता योङहाङ लगायत छन्

कार्यक्रममा अभियान समितिका उपमहासचिव नन्दकुमार नेम्वाङले अभियानको उद्देश्य औचित्य बारे प्रष्ट पारेका थिए

त्यसैगरी बुद्धिजीवी तथा समाजसेवी एनएस फागो, जसपा माङसेबुङ अध्यक्ष किसान खजुम, माङसेबुङ का वडा अध्यक्ष नरेन्द्रकुमार राई, अभियान सदस्य होमबहादुर लिङ्देन लगायतले बोलेका थिए

कार्यक्रमको सञ्चालन अभियान सदस्य मनकुमार आङबुहाङले गरेका थिए

     

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु